दफा १७
जमानत दाखिला गर्नु पर्ने
(१) प्रमाणपत्र लिने व्यक्तिले पचास हजार रुपैयाँ नगदै वा परिषदले तोकेको बैङ्कबाट सो रकम बराबरको बैङ्क ग्यारेण्टी जमानतको रुपमा परिषद् समक्ष दाखिला गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको जमानत नोटरी पब्लिकले सो हैसियतमा काम गर्दा वहन गर्नुपर्ने तोकिए बमोजिमको कामको लागि प्रयोग गरिनेछ ।
(३) नोटरी पब्लिकले परिषद्मा दाखिला गरेको जमानतको रकम उपदफा (२) बमोजिमको काममा प्रयोग गर्दा घट्न गएमा त्यसरी घट्न गएको रकम वा सो बराबरको बैङ्क ग्यारेण्टी तीस दिनभित्र परिषद् समक्ष दाखिला गर्नु पर्नेछ ।
(४) जमानत सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।